२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

नेप्सेमा २ कम्पनीकाे सेयर कारोबार रोक्का

२८ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट यी कम्पनीले भाेलिबाट एकीकृत काराेबार गर्दै छन् ।

मर्जरपश्चात गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने गाभिने मर्जरमा गएका कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोक्का हुने भएको हो।

प्रकाशित मिति : 11:49