प्रि ओपन सेसनमा ५.५६ अंकले बढ्यो नेप्से
२८ फागुन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५०.०४ अंकले बढेर २००२.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५६ अंकले बढेर २००८.२६ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा २५ स्टकको ८ लाख २७ हजार ९६० रुपैयाँ बराबरको २ हजार १६० कित्ता सेयर किनबेच भएकाे छ ।
प्रकाशित मिति : March 12, 2023 at 10:57 am









