राष्ट्रपति भण्डारीसमक्ष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश
२६ फागुन, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालयमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले प्रतिवेदन पेश गरेका हुन्। थपलियाले संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन्।

प्रकाशित मिति : March 10, 2023 at 6:40 pm









