३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

उपराष्ट्रपतिकाे उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक

२६ फागुन, काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बाेलाएकाे छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हाे । बैठक शनिबार बिहान ९ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

बैठकले उपराष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउने बताइएकाे छ। बैठकमा राष्ट्रपति चुनावकाे समेत समीक्षा हुने बताइएकाे छ।

प्रकाशित मिति : 18:11