७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कुमारी बैंकको ७ लाख ५७ हजार कित्ता सेयर बिक्रीमा, क -कसले दिन पाउछन् आवेदन ?

२६ फागुन, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको  ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कुमारी बैंकले संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या उल्लेख गरी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडाैं नागपोखरीस्थित कार्यालयमा वा काठमाडाैंकाे टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएकाे छ । तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा साे सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : March 10, 2023 at 12:22 pm