२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

२५ फागुन, काठमाडौं ।आज सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दर्ता भएको रिटको पेशी हुँदैछ। प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन आदेशको माग गर्दै दर्ता भएको रिटको पेशी आज तोकिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले माघी पर्वका अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्धन्द्ध कालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए।

सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकी लगायत द्वन्द्व पीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका छन्।

प्रकाशित मिति : March 9, 2023 at 9:55 am