८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताईरीलाई

२३ फागुन, काठमाडौं । उत्कृष्ट प्रशिक्षकको अवार्ड अब्दुल्लाह अलमुताइरीले पाएका छन् । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड अल्मुताईरीले जितेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् ।

अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए । अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

यस्तै माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो भने अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:०५