४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

खेलकुदले राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान गर्न सक्छः प्रधानमन्त्री प्रचण्ड

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंको गोकर्णमा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले, खेल क्षेत्र राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरक समेत भएको बताए ।

उनले भने, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ।

जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।”
खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ ।

प्रकाशित मिति : March 7, 2023 at 2:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/