४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

ट्राफिक जाँचमा कडाइः ६८ ठाउँमा ‘चेकपोइन्ट’ र १९ ठाउँमा मोबाइलभ्यानले नियमित गस्ती

२२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले होलीमा हुन सक्ने उच्छृंखल गतिविधि नियन्त्रण गर्न चेक जाँचमा कडाइ गरेको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी ट्राफिक नियम उल्लङ्घन गर्ने, सवारी साधन हाँक्न सक्ने, जस्ता कार्यहरु बढि मात्रमा भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।

काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको र विभिन्न १९ ठाउँमा मोबाइलभ्यानले नियमित गस्ती पनि गरिरहेको प्रहरीले जनाएको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाका सहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

इच्छा विपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागू पदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 6, 2023 at 1:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/