४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा एकै दिन ५ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?

२१ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एकै दिन विभिन्न ५ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज फर्स्ट माइक्रोफाइनान्स, आधिखोला लघुवित्त , आइसीएफसी फाइनान्स, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको बोनस सेयर सूचिकृत भएको हाे ।

१) फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था 

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५ सय ३५ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।

२) आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ३ लाख ५७ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

३) आइसीएफसी फाइनान्स लिमिटेड

नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ६३ हजार ५ सय ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

४) प्रभु बैंक

नेप्सेमा प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर सुचिकृत भएको हो ।

५) सेन्चुरी कमर्सियल बैंक

नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको  ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार १ सय ६ दशमलव ८७ कित्ता सेयर सुचिकृत भएको हो । सूचीकृतपश्चात् यी सबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १३:५५