२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

परिपत्रबमोजिम लाभांश प्रस्ताव गर्न लघुवित्तहरुलाई राष्ट्र बैंकको निर्देशन

२१ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते जारी परिपत्रबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले लघुवित्त वित्तीय संस्थाहरुलाई सूचना प्रकाशित गर्दै  साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा गत फागुन १० गते जारी परिपत्रबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न आग्रह गरेको हाे ।

सुचनामा भनिएकाे छ, ‘यस बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा राष्ट्र बैंकबाट फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्न अनुरोध छ ।’

प्रकाशित मिति : March 5, 2023 at 12:35 pm