८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

खाने हैन त नेपाल फेस्टिवलको `गाला डिनर´

२० फागुन, एडिलेड । नेपाल फेस्टिवल- २०२३ एडिलेडको क्रममा फेस्टिवलको अगिल्लो दिन मार्च १७ साझमा `गाला डिनर´ हुने भएको छ । एनआरएनए साउथ अष्ट्रेलियाका सचिव विनोद बानियाका अनुसार डिनर द एलिङ्टन फङ्सन सेन्टर, ह्याकनीमा हुने भएको छ ।

सचिव बानियाका अनुसार डिनरमा एडिलेड बाहिरबाट एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्दु गुरुङ, उपाध्यक्ष देव गुरुङ, महासचिव राजुबाबु अधिकारी लगायतका अगुवाहरु, नेपालबाट आउनु भएका कलाकार प्रकाश सपुत, टिका प्रसाई, प्रिति आले लगायतका कलाकारहरु साथै एडिलेडका नेपाली समुदायका अगुवाहरु समेतको उपस्थिति रहने छ ।

डिनरमा अन्य राज्यहरुबाट आउनु हुने अतिथि अगुवा र साउथ अष्ट्रेलियामा रहेका अगुवाहरु विचमा एक आपसमा कुराकानी, अन्तरक्रिया हुने जसले आगामी दिनमा सम्वन्य गर्न सजिलो हुने सचिव वानियाले बताए । उनले यस्ता अन्तरक्रियाहरुले समाज सेवा मात्र हैन नेपालीहरुको व्यापार व्यवसायमा समेत फाइदा हुने विश्वास व्यक्त गरे ।

एनआरएनए सचिव विनोद बानिया ।

सचिव वानियाले साउथ अष्ट्रेलियामा नेपाली समुदाय बढे संगै समुदायमा विभिन्न अवसर र चुनौती थपिए संगै अन्य ठुला स्टेटका अगुवाहरु संगका छलफलले साउथ अष्ट्रेलियाका अगुवाहरुलाई आगामी दिनमा काम गर्न सहज हुने बताए । साथै पछिल्लो समय साउथ अष्ट्रेलियामा नेपालीहरुको संख्या बढे संगै यहा आफ्नो व्यवसाय बढाउन चाहने र एडिलेडमा रहेर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई अनुभवको आदान प्रदान गर्न अवसर पनि हुने समेत बताए ।

साझ ५.३० बजेबाट शुरु हुने डिनरमा नेपाली मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । मार्च १४ बेलुकी सम्ममा आफ्नो सिट निश्चित गरिसक्नु पर्ने डिनरका लागि निश्चित शुल्क तय गरिने र सोको जानकारी आगामी सोमवार सम्ममा सार्वजनिक गर्ने समेत सचिव वानियाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १६:२०