रिलायन्स र सानिमा लाइफले मर्जरको लागि पाए अन्तिम स्वीकृति, कहिले हुन्छ एकीकृत कारोबार ?
१९ फागुन, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । यी दुबै कम्पनीलाई संयुक्त कारोबार लागी प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो।
दुबैं कम्पनीले चैतको दोस्रो साताभित्र एकिकृत कारोबार गरिसक्ने तयारी गरेको जनाइएको छ । हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १२:५९