१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

लाभांश पारित गर्न कृषि विकास बैंकले बाेलायाे साधारणसभा, बुकक्लाेज कहिले ?

१९ फागुन, काठमाडौं । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। फागुन १८ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठककाे निर्णग अनुसार साधारणसभा चैत १४ गते भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सुरू हुनेछ।

सभाले सभाले आर्थिक वर्ष २०७८/७९काे नाफाबाट सेयरधनीका लागि प्रस्तावित २ प्रतिशत बोनस र कर सहित ११ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण गर्ने प्रस्ताव, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : March 3, 2023 at 11:58 am