१९ भदौ २०८३, शुक्रबार | Sat Sep 5 2026

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति ?

१९ फागुन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स प्रिमियर मूल्य थपेर आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्काशनकाे अनुमति माग्दै फागुन १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएकाे छ ।

धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनकाे अनुमति दिएसँगै कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० रुपैयाँबराबरको ९६ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

जसमा कम्पनीले प्रतिकित्ता १५०.५५ रुपैयाँमा प्रिमियर थप गरेको छ। उक्त कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : March 3, 2023 at 9:14 am