१९ भदौ २०८३, शुक्रबार | Sat Sep 5 2026

छुट्ला है ! २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ फागुन, काठमाडाैं । विभिन्न २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज फागुन १८ गते अन्तिम दिन रहेको छ। डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ डिप्रोक्सले भोलि फागुन १९ गते शुक्रबार र सपोर्टले फागुन २१ गते आइतबार बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यी दुवै लघुवित्तले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

१) डिप्रोक्स लघुवित्त

डिप्रोक्स लघुवित्तले आफ्नो २१ औँ वार्षिक साधारणसभा फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा चितवनको सौराहस्थित होटेल सेभेन स्टारमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २१.०५२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

२) सपोर्ट लघुवित्त

सपोर्ट लघुवित्तले आफ्नो आठौँ वार्षिक साधारणसभा चैत ४ गते आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश १ को सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा अवस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ९ः३० बजे साधारणसभा सुरू हुने छ । सभाले गत आर्थिक वर्षका लागि  प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : March 2, 2023 at 10:12 am