४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य, ग्याँसमा भने ३ सय ३९ रुपैयाँ बढ्यो

१७ फागुन, काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाे छ । बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

निगमका अनुसार भारतले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ २१ पैसा घटेर आएको छ भने डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । त्यसैगरी मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको छ भने हवाई इन्धनमा भने प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि खाना पकाउने एलपीजी ग्याँसको मूल्य भनेर बढेर आएको छ । एलपीजी ग्याँसमा प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएकाे छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १६:५६