सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ८० करोड
१७ फागुन, काठमाडाैं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भएर आज फागुन १७ गते बुधबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएकाे हो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुई कम्पनी १ः१को सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । दुई कम्पनी मर्ज भएर भएपछि कम्पनीकाे चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १२:५५