१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

१६ फागुन, काठमाडाैं । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग इन्डेस्कका अनुसार मस्कले फ्रान्सका बेर्नार्ड अर्नाल्टलाईपछि पार्दै पुनः विश्वको धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गको पछिल्लो अपडेट अनुसार मस्कको अहिले कुल सम्पत्ति १ सय ८७ बिलियन डलर रहेको छ । त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका फ्रान्सका आर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ।

मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन्। गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए।

उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो। साथै पछिल्लो समय लगातार सम्पती गुमाइरहेका भारतका व्यापारी गौतम अदानी ३८.७ बिलियन डलरसहित ३२औं स्थानमा झरेका छन् ।

प्रकाशित मिति : February 28, 2023 at 1:14 pm