१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

राष्ट्र बैंकले भन्योः लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्नुस्

१६ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे  उजुरी गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले आज चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत ब्याजदर तोकिएकाले साे भन्दा बढी कर्जा असुली गरेको भए सिधै वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न भनेकाे हाे ।

राष्ट्र बैंकले जारी गरेकाे सन्देशमा भनिएकाे छ, ‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन । लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १२:४८