१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

११९ रुपैयाँमा कुमारी बैंकको २ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१६ फागुन, काठमाडाैं । कुमारी बैंकको करिब ३ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर आज फागुन १६ गतेबाट बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र सोभन्दा बढीका लागि १००० ले भाग जाने संख्यामा खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको काठमाण्डौको नक्साल नागपोखरीस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो फागुन ३० गतेसम्म तोकिएको छ।

प्रकाशित मिति : February 28, 2023 at 11:46 am