फागुन ३० बाट एकीकृत कारोबार सुरु गर्दै सिवाईसी नेपाल र आँधिखोला लघुवित्त
१६ फागुन, काठमाडाैं । मर्जर प्रक्रिया पूरा गरी सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने हुन लागेकाे हाे । गत असार २२ गते यी दुवै लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएकाे थियाे ।
नेपाल राष्ट्र बैंकले गत पुस ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन १५ गते मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेसँगै यी कम्पनीले अब फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।
एकीकृत कारोबारका लागि सम्पूर्ण व्यवस्था मिलाउन फागुन २८ र २९ गते २ दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् ।
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार ०९:२८







