३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

आठ दलले बाेलाए प्रदेश सांसदहरुको भेला

१५ फागुन, काठमाडौं । आठ राजनीतिक दलले फागुन १९ मा प्रदेश सांसदहरुको भेला बोलाएका छन् । राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।

आठ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक सोमबार बसेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको हाे ।

प्रकाशित मिति : February 27, 2023 at 3:47 pm