७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

आईसीसी लिग २ः पपुवा न्यु गिनीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

१५ फागुन, काठमाडाैँ । आईसीसी लिग २ को एक दिवसीय त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनीविरुद्ध उत्रिएको नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले फिल्डिङ रोजेपछि पपुवा न्यु गिनीले पहिले ब्याटिङ गर्ने भएको छ। दुवइको दुवई इन्टरनेशनल क्रिकेट स्टेडिययमा खेल सुरू भएको छ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछ्न। पपुवा न्युगिनीको कमानी असाद भालाले सम्हाल्नेछन्। पपुवा न्यु गिनी विरुद्धको खेलबाट प्रतिश जिसीले सिनियर टोलीमा डेब्यु गर्दैछन्। नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकमा छैटौं स्थानमा छ। पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ।

प्रकाशित मिति : February 27, 2023 at 12:03 pm