प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, ६४ लाख ५०९ रुपैयाँकाे काराेबार
१५ फागुन, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०४ अंकले बढेर २०२९.२३ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा २० स्टकको ६४ लाख ५०९ रुपैयाँ २५ पैसा बराबरको १५ हजार १०० कित्ता सेयर किनबेच भएको छ।
प्रकाशित मिति : February 27, 2023 at 11:05 am









