२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

आइतबार पनि घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१४ फागुन, काठमाडाैं ।  साताको पहिलो कारोबार दिन आइतबार  पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ ।

शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीकाे मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ११:१७