२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

फागुन २१ गतेदेखि इङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

१४ फागुन, काठमाडाैं । इङवा हाइड्रोपावर लिमिटेले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशलते हुन आउने १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता सेयर जारी गर्न लागेको हो। आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिका–२ स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

स्थानीय र वैदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ दुवै समूहले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने ढिलोमा चैत २० गते हुनेछ। उक्त आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ।

स्थानीयले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : February 26, 2023 at 9:26 am