१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

त्रिशुली अस्पतालमा मेसु डा दिपेन्द्र पाण्डेमाथि कारबाहीको माग गर्दै राजमार्ग अबरूद्ध

१३ फागुन, नुवाकोट । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको घटनामा त्रिशुली अस्पतालमा मेडिकल सुपरिटेन्डेन डा दिपेन्द्र पाण्डेले पीडितलाई थप पीडा दिनेगरी विज्ञप्ति जारी गरेपछि स्थानीय आन्दोलित भएका छन । आन्दोलित भएका उनीहरूले मेसु पाण्डेमाथि कारबाही गर्न माग गर्दै टायर बालेर सडकमा प्रदर्शन गरेका छन ।

बिदुर नगरपालिका ५ पिपलटारकी २४ वर्षीया सरिता न्यौपानेको उपचारको क्रममा १० फागुनमा काठमाडौंमा मृत्यु भएको थियो । मृतकका श्रीमान् भिमसेन गजुरेलले अस्पतालले आफूहरू माथि थप पीडा दिनेगरी विज्ञप्ति निकालेको भन्दै दुःख प्रकट गरेका छन । त्रिशुली अस्पालमा सुत्केरी गराउन जाने महिलाका लागि काल नै बनेको छ ।

केही वर्षको बीचमा करिक आधार दर्जन महिलाले अस्पतालका चिकित्सक र कर्मचारको लापरवाहीले ज्यान गुमाइसकेका छन । नुवाकोटका सामाजिक अभियन्ता मन्छिन्द्रनरसिंह केसीले अस्पतालले पछिल्लो मृत्युका विषयमा विज्ञप्ती जारी गरेपछि त्यसमाथि घोर आपत्ति जनाउँदै यस्तो टिप्पणी गरेका छन ।

(डा दिपेन्द्र पाण्डे मेसु त्रिशुली अस्पताल)

डा साव ,तपाई अव दरवन्दि भएको ठाउँमा फिर्ता हुनुहोस् ,या सरुवा भएको ठाउँमा जानुहोस् , क्षमतामा तपाई अव्वल हुनुहुन्छ कुनै प्रश्न छैन ,तर अस्पताल नेतृत्व क्षमतामा पटकपटक असफल भईसक्नु भयो ,तपाईको कार्यकालमा नुवाकोटमा ४ प्रजिअ सरुवा हुदाँ तपाई मेसुको रुपमा वसिरहनुभो , चार ठाममा सरुवा हुनुभो ,तर यहिं टासिरहनुभो ,त्रिशुली अस्पताल सुधार्छु भनेर निरिक्षणकर्तालाई कोपभोजनमा राखेर नम्वर एक त वनाउनु भो ,तर सेवा प्रवाहमा तपाईले लम्वर १ वनाउन कहिले सक्नुभयन , तपाईको कार्यकालमा तिन सुत्केरीले मृत्युवरण गर्न पर्यो,अझ लापरवाहीको अर्थ खोज्ने तपाईलाई कुन नैतिकता छ ? तपाई भएको ठाउँमा न चिकित्सकले राम्रो सँग काम गर्छन् ,न राम्रा चिकित्सक त्रिशुली अस्पतालमा आउँछन् ।
कोभिडको त्यत्रो महामारीमा ज्यान जोखिम रहदाँ सम्म चिकित्सकले भरिपुर्ण अस्पतालमा आज न एनस्थेसिया ,न गाईनो ,न रेडियोलोजी ,एमजिडिपी ,न अरु विषेशज्ञ सर्जन छन्,आईसियुको अवस्था केछ ? कता छन् अति छन् आईसियुका चिकित्सक जानकारी त होला ?
तसर्थ अति भयो ,अति गर्नुभयो ,अव सुरुक्क ताम्लोकुम्लो वोकेर विदा हुनुराम्रो ।
सोच्नुस ,तपाई नुवाकोट पहिलो दिन आउँदा यो अस्पतालको गरिमा, विषेशज्ञ दक्ष चिकित्सकको संख्या कति थियो ?एमविविएस कति थिय, आज कति छन् प्रत्येक चिकित्सक यता वाट छाड्नुको कारण तपाई र तपाईको व्यवहार हो भनेर सामाजिक सञ्जालमा लेखिरहेका छन् ,
हिजो विरामिले अस्पताललाई गर्ने विश्वास,भरोसा ,चिकित्सकले विरामि प्रति गर्ने व्यवहार ,विरामिले चिकित्सकलाई गर्ने श्रद्वा ,सेवा प्रवाह सरल ,सहज थियो ,खै आज कता हरायो ?
भोली यो अवस्था आउला भनेर धेरै पटक सचेत गरायौं ,अनुरोध गर्यौ, सामाजिक सञ्जालमा लेख्यौं तर तपाई स्वय् सच्चिनुभयन ,अस्पताल प्रशासन ,व्यवस्थापन समिति निरिह वनाउनुभयो ,
तपाईलाई अलि गलत गरें कि लागे तपाई कि त पुलिसको सुरक्षा खोज्नुहुन्थ्यो ,कि चुण्डमुण्ड खोज्नुहुन्थ्यो ,तर गल्ति सच्याउने प्रयास समेत गर्नुहुन्नथियो ,
स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा तपाईको एप्रोन भित्रको कालाकर्तुत र गुण्डागर्दि नुवाकोट र नुवाकोटे जनतालाई अति नै भयो ,अव कृपया तपाई भन्दा सक्षम चिकित्सक पनि यस जिल्लाले पाउला ,तपाईले पनि यो भन्दा राम्रो अस्पताल पाउनुहुन्छ ,सम्मानपुर्वक विदा हुनुस् ,
डाक्टर देखेर विरामि भाग्नुपर्ने ,विरामी देखेर डाक्टर भाग्नुपर्ने अवस्था कसले पुराउने तपाईलाई फेरी मेसु वनेर अर्को सुत्केरी मार्ने छुट छैन ,सामान्य विरामि घुर्किको आधारमा रिफर गरेर सास्ति खेप्नेवाला नुवाकोट जनता छैन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १३:४७