५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

एमाले अध्यक्ष ओलीको युट्युब च्यानल ‘केपी बा’ सञ्चालनमा

१२ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युब च्यानल सञ्चालन गरेकका छन् । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो ।

उनले च्यानलमा पहिलो भिडियो ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकको २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् ।  आफ्ना अनुभवहरू जनतासमक्ष पुर्‍याउन युट्युब च्यानल सञ्चालनमा ल्याएको उनले बताए । उनले उक्त च्यानलमा नियमित रूपमा भिडियो प्रकाशन गर्ने जनाए ।

प्रकाशित मिति : 14:02