१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, सेयर पाउन भाग्यकै भर

१२ फागुन, काठमाडाैं । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन १४ गते आइतबार बाँडफाँड गरिने भएको छ। आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा बिहान ९ बजे हुने छ । कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैंयाको २४.७१ प्रतिशतका दरले ८ करोड ४० लाख रुपैंया बराबरको प्रतिसेयर १०० रुपैंया अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये ८४ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी कर्मचारीहरुका लगि १६ हजार ८ सय कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

उक्त आईपीओमा अन्तिम दिनसम्म १३ लाख १८ हजार ७९८ आवेदकबाट १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा २१.०६ गुणा बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रकाशित मिति : 13:41