९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

सन्दीप लामिछाने यूएई जानका लागि अनुमति माग्दै सर्वोच्च पुगे, भोलिका लागि ताेकियाे पेशी

११ फागुन, काठमाडाैं । राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने आईसीसी क्रिकेट वर्ल्डकप लिग टुअन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगेका छन् ।

उनले उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहिबार सर्वोच्चमा निवेदन दिएका हुन् । लामिछाने दिएको निवेदनको पेशी सर्वोच्च अदालतले भोलि (शुक्रबार) का लागि तोकेको छ।

शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न युएई जान पाउनेछन्। तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको युएई यात्रा रोकिने छ।

नेपाल-यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । एकदिवसीय बरीयता जोगाउनका लागि पनि उक्त सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

प्रकाशित मिति : February 23, 2023 at 7:19 pm