२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

केपी ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

११ फागुन, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ। करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ। रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १८:५५