१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

साउथ अष्ट्रेलिया सरकारकी मन्त्री जो वेटीसनद्धारा नेपाली अगुवाहरुको स्वागतमा जलपान कार्यक्रम 

११ फागुन, एडिलेड । साउथ अष्ट्रेलिया सरकारकी बहुसांस्कृतिक मन्त्री जो वेटीसनद्वारा नेपाली समुदायका अगुवाहरुको सम्मानमा स्वागत तथा जलपान समारोह आयोजना गरेकी छन् । नेपाली समुदायको उपस्थित साउथ अष्ट्रेलियामा बढे संगै यहाँका उच्च राजनितिक नेतृत्वहरुको ध्यान नेपालीहरु माथी बढ्न थालेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बेटिसनले नेपाली समुदाय पछिल्लो समय उल्लेखनीय रुपमा बढेको बताउदै । अष्ट्रेलियाको विकासमा महत्वपुर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गरिन् । उनले नेपालीहरु शिक्षित र सक्रिय रहेको मात्र नभएर आफ्नो संस्कृति यहा समेत प्रबर्धन गर्दै आएको बताईन् । मन्त्री वेटिसनले नेपाली विद्यालयहरुको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा संसद सदस्य नादिया क्ल्यान्सी, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदुत दिपक धमला, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक तथा म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा लगायत नेपाली विभिन्न संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तमु घीका कलाकारहरुले `सालै ज्यु´ बोलको गितमा नृत्य प्रस्तुत गरेका थिए । संसद भवनको हलमा आयोजित कार्यक्रममा मन्त्री बेटीसनले जलपानकै क्रममा नेपाली अगुवाहरुसंग विविध विषयमा छलफल समेत गरेकी थिइन् । दैनिकी संग कुरा गर्दैबहुसांस्कृतिक आयोग सदस्य खड्काले नेपालीहरु प्रति चासो बढेको बताउदै सामुहिक अन्य देशका समुदायहरु संगै अन्तरक्रिया गर्दा नेपाली समुदायको सबै कुरा भन्ने अवस्था नभएकाले यस्ता नेपाली समुदाय मात्र भएका छलफल हरु उपयोगी भएको बताइन ।

यसै गरि स्थानिय काउन्सिल सदस्यमा समेत निर्वाचित एनआरएनए साउथ अष्ट्रेलिया संयोजक लामाले यस्ता भेटघाटले नेपाली समुदायका आवाजलाइ उपल्लो तह सम्म पुर्याउन सफल भएको बताउदै नेपालीहरु प्रति चासो बढेर नै नेपाल फेस्टिवलमा प्रमुख अतिथिका रुपमा प्रिमियर नै आउन लागेको बताईन् । कार्यक्रम अगाडि मन्त्री वेटीसनले नेपाल फेस्टिवलको फ्लाएरको औपचारिक रुपमा पोष्टरको सार्वजनिक गरेकी थिईन । उनले नेपाल फेस्टिवलको प्रचार शन्देश समेत दिएकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वेटीसन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १५:११