२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान

११ फागुन, काठमाडाैँ । अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन ।  जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी बिहीबार दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजबाट भारत प्रस्थान गरेको स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत, चीन लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको पाण्डेले बताए ।

पाैडेल यही फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १५:०३