नेशनल हाईड्रोपावरले बाेलायाे साधारणसभा, के-के छन् प्रस्ताव ?
११ फागुन, काठमाडाैं ।नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १० गते बुधबार बसेको बैठककाे निर्णय अनुसार बार्षिक साधारणसभा चैत्र ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले यो बर्ष सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछैन । याे बर्ष सेयरधनीकाे हात खालि हुने छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता हुन सक्नेछन्।
प्रकाशित मिति : February 23, 2023 at 11:08 am









