२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

नेप्सेमा इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचिकृत

१० फागुन, काठमाडाैं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडकाे सेयर सुचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.९० को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १००/- दरको सेयर क्रम संख्या १ देखि ३४,१२,८५,९४९ सम्मको कुल ३४,१२,८५,९४९ कित्ता सूचिकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी फागुन १० गतेको निर्णायनुसार नेपाल इन्भेष्टमेन्ट बैकको नामबाट कारोबार हुनेगरी कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ । साथै मेगा बैंकको सूचिकरण खारेज गर्ने जनाएको छ ।

प्रकाशित मिति : February 22, 2023 at 3:59 pm