प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
१० फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८४ अंकले बढेर २०४९.६४ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १५ स्टकको १० लाख १३ हजार ८१३ रुपैयाँ बराबरको २ हजार ७१३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : February 22, 2023 at 11:03 am









