२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

४७५ रुपैयाँमा नबिल बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने


१० फागुन, काठमाडाैं । नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्रीमा ल्याएकाे छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएकाे छ । बिक्रीमा राखिएको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले न्युनतम ४७५ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियाे । तर साे समयमा संस्थापक सेयरधनीहरुबाट  सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएकाे हुनाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको  बैंकले जनाएकाे छ ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सुचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिन बैंकले आग्रह गरेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजार कित्ताको गुणनमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १०:०४

https://srdb.com.np/