११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नेपाल फेस्टिवल एडिलेडलाई साउथ अष्ट्रेलिया सरकारको उच्च महत्व, राज्यका प्रिमियर, मन्त्रीसहित विपक्षी नेता उपस्थिति हुने

९ फागुन, अष्ट्रेलिया । गैर आवासिय नेपाली संघ(एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ ।

एडिलेडमा आयोजित प्रेस मिटमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले साउथ अष्ट्रेलिया सरकारले नेपाल फेस्टिवललाई निकै महत्व दिदै प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलकोको उप नेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने बताईन । लामाले नेपालीहरु समुदायको साउथ अष्ट्रेलियामा उपस्थिति बढे संगै सरकार तथा दलहरुले चासो लिन थालेको बताईन ।

नेपाली भाषा, कला, संस्कृतीको पहिचान प्रदर्शन गर्दै नेपालमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हरेक दुई बर्षमा फेस्टिवल आयोजना गरिदै आएको छ । लामाले सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट लोकप्रिय कलाकारहरु प्रकाश सपुत, प्रति आले, देबेन्द्र बब्लु लगायत आउने जनाएकी छिन् । उनले नेपाल फेस्टिवलबाट नेपाल र नेपाली कला संस्कृति साउथ अष्ट्रेलियामा रहेका बहुसांस्कृतिक विश्वलाई चिनाउने प्रयास गर्न लागेको समेत बताईन् । टोरेन्स युनिभर्सिटी अष्ट्रेलियाले बुमेराङ इन्टरनेशनल एजुकेशन सर्भिस संग सहकार्यमा मुख्य प्रायोजन गर्ने फेस्टिवलमा विस हजार भन्दा बढिले अवलोकन गर्ने बताएको छ ।

प्रेस मिटमा मुख्य प्रायोजक मध्येको बुमरेङ ईन्टरनेशनलका निर्देशक आशिष बाग्लेले नेपालीहरुले ठुलो इभेन्टहरु गर्न सक्छन् भनेर नेपाली समुदायको सामर्थ्यता समेत प्रदर्शन गर्ने भएकाले आफुहरुले प्रायोजन गर्न लागेको बताए । उनले नेपाल प्रबर्धन गर्ने नेपाली समुदायको अभियानमा सहयोगी हुन पाउदा खुशी लागेको बताए । अर्का मुख्य प्रायोजक टोरेन्स युनिभर्सिटीका मुख्य कार्यकारी टोमेन मोक्वाचरले आफ्नो युनिभर्सिटीमा एघार हजार भन्दा बढी विद्यार्थी रहेको जसमा ठुलो संख्या नेपाली विद्यार्थीहरु भएकाले र आफुले नेपाललाई नजिकबाट चिनेकाले पनि यो महोत्सवलाई प्रायोजन गर्न तयार भएको बताए ।

कार्यक्रममा संयोजक लामाले तयारीहरुका बारेमा थप जानकारी दिदै मार्च १८ बिहान ९.३० बजे स्थानिय रन्डल महलबाट नेपाली झाकीहरु सहितको पदयात्रा हुने बताउदै साझ ९ बजे नेपाली गित यो मन त मेरो नेपालीको संगितमा आतसबाजी हुने जानकारी दिईन् । कार्यक्रममा स्टल व्यवस्थापन संयोजक अशोक केशीले ४० बटा स्टल हुने जसमा १० बटा ठुला स्टल हुने बताए ।

परेड व्यवस्थापन समिति संयोजक सुरेन्द्र रेग्मीले परेडलाई आकर्षक बनाउन नेपाल झल्कने जाति भाषा भाषीका झाकीहरु सहित हुने बताए । यसै गरि नेपाल हाउस व्यवस्थान समिति संयोजक गणेश पराजुलीले नेपालका हिमाल देखी तराई सम्मका पहिचान झल्कने गरि नेपाल हाउस बनाउने बताए ।

मिडिया समवन्य समिति संयोजक नारायण खड्काले नेपाली बाहेकका अन्य भाषा भाषीका मिडिया तथा मुलधारका मिडियाहरुलाई समेत फेस्टिवलमा निमन्त्रणा गर्न लागिएको बताए । प्रेस मिटमा एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरीले विगतका नेपाल फेस्टिवलहरुको चर्चा गर्दै प्रवासमा हुर्केको पुस्तालाई नेपाल चिनाउने समेत उद्देश्य रहेको बताए ।

सचिव विनोद बानियाले कार्यक्रमको सुरुवात गर्दै आम एडिलेडवासी नेपालीहरुलाई आफ्ना विश्वविद्यालय वा कार्य क्षेत्रमा पनि व्यक्ति व्यक्तिमा प्रचार प्रसार गर्न अनुरोध गरेका थिए । फेस्टिवललाई सफल बनाउनका लागि १४ बटा उप समिति गठन गरिएको छ । जसमा स्टल व्यवस्थापन समिति संयोजक अशोक केशी, उप संयोजक देवराज कडेल, Event Management समिति संयोजक राजु उपाध्याय, सहसंयोजक सन्तोषी गौतम, परेड व्यवस्थापन समिति संयोजक सुरेन्द्र रेग्मी, सहसंयोजक शिव काफ्ले, नर्सिङ स्टेशन संयोजक सुर्य आचार्य उप संयोजक निलम महत, प्रायोजन समिति संयोजक रेनुका लामा, नेपाल हाउस निर्माण समिति संयोजक गणेश पराजुली, सह संयोजक पुष्कर कोइराला, स्वयंसेवक व्यवस्थापन समिति प्रमुख थीर गुरुङ, उप प्रमुख युवराज पहाडी , निमन्त्रणा समिति संयोजक कपिल पाण्डे, मिडिया समवन्य समिति संयोजक नारायण खड्का, उप संयोजक बालगोपाल उपाध्याय, मार्केटिङ र प्रचार समिति संयोजक आर के शर्मा उप संयोजक छेदा लामा, सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजक क्षितिज सापकोटा, सह संयोजक सागर श्रेष्ठ, भिडियो ग्राफी संयोजक रिजन केशी उप संयोजक निजम केशी रहेका छन् ।

प्रकाशित मिति : February 21, 2023 at 3:52 pm