२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

९ फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले सापकोटालाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप-कार्यकारी निर्देशक थिए । उनी पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत हुन् ।

सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् ।

उनी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिन्छन् । सापकाेटाले सन् २०१८ मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १४:१२