२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माओवादीले अहिलेकाे गठबन्धन टुटाए कहिल्यै ठूलो पार्टी बन्दैन : योगेश भट्टराई

९ फागुन, सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेकाे गठबन्धन टुटाए माओवादी केन्द्र कहिल्यै ठूलो पार्टी बन्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी दैलेखले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने बताउँदै प्रचण्डले गठबन्धन टुटाए भने चरम अवसरवादी हुने स्पष्ट पारे ।

भट्टराईले भने, ‘एमालेका कारण गठबन्धन टुट्दैन, यस्ता हर्कत एमालेले गर्न सक्दैन, अस्थिर राजनीतिले हामी कसैलाई फाइदा हुन् सक्दैन । तर, नेकपा माओवादी केन्द्रमा अस्थिरता रहेको देखिएको छ ।’

उनले राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको बताए । भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रूपमा पनि नमिल्ने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १२:३८