१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेप्सेमा ११ करोड २६ लाख कित्ता सेयर सूचीकृत

८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आईएमई बैंकको ११ करोड कित्ता बढी सेयर सुचिकृत भएको छ । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेपछि बैंक अफ काठमाण्डूतर्फको ११ करोड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । अब उक्त सेयर ग्लोबल आइएमई बैंकको नामबाट कारोबार हुने छ  ।

मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले २०९ रुपैयाँ ४२ पैसा ओपन रेञ्ज दिएको छ । बुधबारदेखि बैंकको सेयर कारोबार सुचारु हुने छ  ।

प्रकाशित मिति : February 20, 2023 at 4:37 pm