५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कर्मचारीलाई तलब नदिएकाे भन्दै गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन

८ फागुन, काठमाडाैं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ। एयरलाइन्सले पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।

अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो।

तर उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ। गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।

प्रकाशित मिति : 16:10