आजसम्म सेयर खरिद गर्दा पाइन्छ यी ३ कम्पनीले वितरण गर्ने लाभांश
८ फागुन, काठमाडाैं । विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ८ गते सोमबार) अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।
यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यसकाे अर्थ आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर खरिद गर्ने लगानीकर्ताहरूले यी ३ कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
१) कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे साधारण सभा बाेलाएकाे छ । सभाले कम्पनीले आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
२) ङादी ग्रुप पावर
ङादी ग्रुप पावरले फागुन २५ गते नवौं वार्षिक साधारण सभा यूनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । सभाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
३) स्वावलम्बन लघुवित्त वित्तीय संस्था
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले फागुन १९ गते २१ औं वार्षिक साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजे बाेलाएकाे छ । सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद (कर सहित) गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ०९:५९












