१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र उनको आमा ग्यास सिलिण्डर विस्फोटमा गम्भीर घाइते

४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोटमा घाइते भएका छन । भण्डारीको घरमा गएराति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन् । सिलिण्डर बिस्फोटमा घाइते भएका भण्डारी र उनको आमाको आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको  कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन । चिकित्सकहरूका अनुसार भण्डारीको शरीर करिब २५ प्रतिशत र आमाको शरीर करिब ७० भाग जलेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०७:२०