१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

३ फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४३ अंकले घटेर २१०५.०३ विन्दुमा बन्द भएकाे छ।

बुधबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख ५१ हजार ३११ रुपैयाँ बराबरको ३२० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। १ स्टकको मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : February 15, 2023 at 10:59 am