निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १९.१७ प्रतिशतले बढ्याे
२ माघ, काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो ।
गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब १४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा १८ मध्ये तीन कम्पनीको मुनाफा घटेको छ भने अधिकांश कम्पनीले यस अवधिसम्म मुनाफा बढाउन सफल भएको छ ।
सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १५:५९