सेयर बजारमा १६.४० अकंकाे गिरावट, १ अर्ब ७८ करोड काराेबार
२ फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १६.४० अकंले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ ।
नेप्से घटेसँगै यस दिन कारोबार रकम समेत घटेरकाे छ । आज २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँ भएको छ ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन कम्पनीकाे सेयरमूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति : February 14, 2023 at 3:19 pm









