२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब सर्वसाधारणले कहिलेसम्म भर्न पाउछन् ?

२ फागुन, काठमाडाैं । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको थियो। तर, सरकारले हिजो फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हुँनाले याे आईपीओमा आवेदन दिने म्याद भोलि फागुन ३ गते बैंकिङ समयसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ८४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्येकाे १० प्रतिशत अर्थात ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १६ हजार ८०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ९७ हजार २००कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : February 14, 2023 at 10:27 am