३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

तपाईंकाे खातामा आयाे त लुम्बिनी विकास बैंककाे ९ प्रतिशत नगद लाभांश ?


२७ माघ, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाउन सुरु गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न १९ औं साधारणसभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश बुकक्लोज हुनुभन्दा अघिल्लाे दिनसम्म कायम रहेका सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक रहेको सम्बन्धित खातामा जम्मा गर्न सुरु गरेको हो ।

नगद लाभांश खातामा नआएकाे सेयरधनीहरूको हकमा भने उक्त लाभांश सम्बन्धित सेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपश्चात् जम्मा हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १५:३२

https://srdb.com.np/